तुम्बेवा गाउँपालिकाको परिचय

पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ l जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ l यो  गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने,हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति बल्न सकेको छैन l साथै एउटा पनि बैंक स्थापना हुन सकेको छैन l जनसंख्या र भूगोलको आधारमा पाँचथर जिल्लाका गाउँपालिका मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल १३,४१९ l जनसंख्या क्षत्री, ब्रामण,लिम्बु, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि  जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l