समचार
तुम्बेवा गाउँपालिकाको परिचय
पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँ पालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ l जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको छ l यो गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने,हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l हाल सम्म यो गाउँ पालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ l एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ l ११७.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिका भूगोल र जनसंख्याको आधारमा पाँचथर जिल्लाकाे स्थानीयतह मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल ११,१८९ जनसंख्या क्षत्री, ब्रामण,लिम्बु, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ l