पाँचथर जिल्लाको १ वटा नगरपालिका ७ वटा गाउँपालिकाहरु मध्ये सुदुर दक्षिण क्षेत्रमा तुम्बेवा गाउँपालिका रहेको छ । यस गाउँपालिकाको नाम तुम्बेवा डाँडाको नामबाट राखिएको हो । लिम्बु भाषमा तुम्बेवा शब्द तुम+पक+वा गरि तीन स्वतन्त्र शब्दहरु मिलेर बनेको हो । तुम् अर्थात पानिका वाष्पहरु वा भगवानहरु भेट्ने स्थान पक् अर्थात तपक्क खस्ने र वा अर्थात पानि या बर्षा भन्ने हुन्छ । त्यो अग्लो पर्वतको टुप्पोमा पानिका वाष्पहरु त्यस स्थानमा भेट भएपछि बर्षा हुने, उक्त स्थानमा भगवानहरु भेट हुने स्थान भनेर चिनिन्छ । जिल्ला सदरमुकाम बाट ७२ किलोमिटर टाढा रहेको यो गाउँपालिका साबिक ४ वटा गा. वि.स. आङ्गना,मौवा,वलने र हाङ्गगुम गा. वि.स.का ३६ वटा वडा मिलाएर ५ वटा वडाको तुम्बेवा गाउँपालिकाको निर्माण भएको छ l यो गाउँपालिकाको सिमाना सबै तिर खोला र नदीले छुट्याएको छ l यस गाउँपालिकालाई तमोर करिडोर मोटरबाटोले छोएको छ l यस गाउँपालिकामा बिजुली बत्ति २०७६/०२/२५ गते उत्घाटन भै विस्तारको क्रममा रहेको छ l एउटा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भै सेवा सुचारु भएको छ l ११७.३४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएकाे यस गाउँपालिका भूगोल र जनसंख्याको आधारमा पाँचथर जिल्लाकाे स्थानीयतह मध्ये सबैभन्दा सानो र थोरै जनसंख्या रहेको गाउँपालिका हो l यस गाउँपालिका भित्र कुल ११,१८९ जनसंख्या क्षेत्री, ब्राह्मण,लिम्बू, राई, तामाङ, नेवार, मगर, सुनार, देवान, दलित आदि जातजातीको बसोबास रहेको छ l यो गाउँपालिका समुन्द्र सतहदेखि ३०० मिटर देखि १९८१ मिटर सम्मको उचाईसम्म रहेको छl यस गाउँपालिकामा मुख्य अन्नबाली मकै, कोदो,धान, दालहन, नगदेबालीमा बदाम, कपास, अलैची, अदुवा, अम्लिसो, चिराइतो, अर्गेली आदि l पशुपालनमा गाई, बाख्रा, बंगुर पालन रहेको छ l तर व्यवसायीक पशुपालन हुन सकेको छैन l साथै यो गाउँपालिका सुख्खा खडेरी ग्रस्त छेत्र पर्दछ l